२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर ट्राफिक प्रहरीद्वारा ६० लाख राजस्व सङ्कलन

२०८० मंसिर ४, सोमबार प्रकाशित ( महिना अघि) ५७४ पाठक संख्या

मध्यविन्दु । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले चार महिनाको अवधिमा रु ६० लाख ६८ हजार ५ सय राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो ।

विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा ७ हजार ४ सय ४० सवारी साधनका चालकलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो ।

ट्राफिक प्रहरीका अनुसार सवारी चालक अनुमति पत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, नलगाएका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

यस्तै जिल्लामा चार महिनाको अवधिमा ३० सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए । अधिकांश सवारी साधन ट्राफिक नियम विपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस