२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

देवचुलीमा रास्वपाले थाल्यो घरदैलो अभियान

२०८० मंसिर ४, सोमबार प्रकाशित ( महिना अघि) ३६७ पाठक संख्या

देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) देवचुलीले शनिबार देखि घरदैलो अभियान थालेको छ ।

रास्वपाद्वारा मंसिर २,३ र ४ गते देवचुली सहित नवलपुर १ निर्वाचन क्षेत्रभित्र विभिन्न सांगठनिक तह रहेका पदाधिकारीहरु , सदस्यहरु सहित जनताका आवाज सुन्न घरदैलो कार्यक्रम गरिएको क्षेत्रीय सदस्य रामप्रसाद भुर्तेलले जानकारी दिनुभयो ।

रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो । जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो ।

चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नुपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गरेका हौं ”,गौतमले भने । यही मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ ।

रास्वपाको घरदैलो अभियानमा नवलपुर क्षेत्र नम्बर १ मा देखेका ३ वटा मुख्य समस्याहरुलाई प्राथमिकताका आधारमा सुनाउन आग्रह गरेका छन्। अभियानमा रास्वपाको १ वर्षको अवधिमा भएका गल्ती, कमि कमजोरीहरु औल्याउँदै पार्टीलाई आवश्यक सुझाव दिन समेत आग्रह गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस