२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पक्राउ परेका जुवाडे टीका लगाउन घरघर

२०८० कार्तिक २९, बुधबार प्रकाशित ( महिना अघि) ३९९० पाठक संख्या

कावासोती । मंगलबार मध्यराति कावासोतीबाट पक्राउ परेका ११ जना जुवाडेलाई आज तिहारको टीका लगाउन भन्दै प्रहरीले घरघर पठाएको छ ।

मंगलबार राति सवा १२ बजे कावासोती नगरपालिका ८ को एक घरबाट उनीहरुलाई जुवाखालबाटै पक्राउ गरिएको हो ।

राति पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कावासोतीको हिरासतमा राखिएको जुवाडेलाई टीका लगाउन घरघर पठाइएको हो । अब अहिले हिरासतमा आउँछन्, प्रहरी निरीक्षक टिकाराम पोखरेलले भने, उनीहरूबाट साढे ४ लाख नगद बरामद भएको छ ।

जुवाडेलाई ३० हजार जरीवाना र तीन महिना कैद सजाय हुन सक्ने मुद्दाशाखा प्रमुख पोखरेलले बताए । उनले सबै जना टीका लगाएर अहिले साँझ प्रहरी हिरासतमा आउने बताए ।

प्रहरी हिरासतमा आइसकेका जुवाडेलाई मुद्दाको किनारा नलाग्दै घरघर पठाउनु प्रचलित कानुनविरुद्ध छ, एक अधिवक्ताले नाम नलेख्ने सर्तमा भने, प्रहरीले कानुन विपरीत काम गरेको छ । माथिल्लो निकायले प्रहरीलाई कारबाही गर्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१६%१%१२%२%३%४%

प्रतिक्रिया दिनुहोस