२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा ११ जुवाडे पक्राउ, खालबाट ४ लाख ३५ हजार बरामद

२०८० कार्तिक २९, बुधबार प्रकाशित ( महिना अघि) ११९४ पाठक संख्या

कावसोती । नवलपुरको कावासोतीमा जुवा खेलिरहेका ११ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू जिल्लाको कावासोती – ८ कैलाशचोकबाट पक्राउ परेका हुन् । जुवाको खालबाट नगद ४ लाख ३५ हजार ९५ नेपाली रुपैयाँ र ५ सय भारु नगद सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रहजर र जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटेको १५ जनाको टोलीले तास खेलिरहेको अवस्थामा ३ बुक तास र बन्द रहेको ३ बुक तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रक्राउ परेका ११ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%२%२%२%

प्रतिक्रिया दिनुहोस