२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्याक्टरबाट खसी २ जना घाइते, उपचारका लागी भरतपुर लगियो

२०८० कार्तिक २६, आईतबार प्रकाशित ( महिना अघि) २२१८ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोटमा ट्याकटरबाट खसेर २ जना गम्भीर घाइते भएका छन् ।

गैडाकोट नगरपालिका – १२ चौधरी चोक अगाडि भित्रि सडक खण्डमा ना ६ त ८२३० नम्बरको गुडीरहेको ट्याक्टरबाट खसेर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरीका अनुसार ट्याक्टरबाट खसेर गैडाकोट – १२ निवासी १८ बर्षीय टेकबहादुर सुनारी र १७ बर्षीय पुजन मगर घाइते भएका हुन् ।

उनीहरुको टाउको, हातखुट्टामा चोट लागेको छ । उनीहरु दुवै जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%७%७%४%

प्रतिक्रिया दिनुहोस