२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

देवचुली दुर्घटनाका मृतक ७ जनाकै सनाखत 

२०८० कार्तिक २६, आईतबार प्रकाशित ( महिना अघि) २९०४ पाठक संख्या

कावासोती । नवलपुरको देवचुलीमा भएको जिप दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । मृतकमध्ये ७ जनाको जनाको पहिचान भएको छ ।

बुलिङटार गाउँपालिकाको मालडाँडाबाट कावासोती जान आउदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएकोमा ७ जनाको परिचय खुलेको प्रहरीले जनाएको छ ।

मृत्य हुनेहरुमा दुर्घटनामा बौदीकाली गाउँपालिका–६ का २६ वर्षीय जीप चालक छन बहादुर आले मगर, सोही स्थानका यात्रु ४५ वर्षीय कमला वानटक्की, ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीय कुमारी राना, बुलिङटार गाउँपालिका–४ चुलिबोझा का १२ वर्षीय करिस्मा ठाडा मगर, कावासोती नगरपालिका १६ का १७ वर्षीय अस्बिन गैह्रेको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताउनु भयो । देवचुली नगरपालिका–९ स्थित एस–मोडमा चालकले गाडी घुमाउन नसक्दा घरमा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%२%६३%७%

प्रतिक्रिया दिनुहोस