२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस चालक बस चलाउँदै गर्दा अचानक बेहोस भएपछि….

२०८० कार्तिक २६, आईतबार प्रकाशित ( महिना अघि) ८२३८ पाठक संख्या

नवलपुर । नवलपुरमा बस चालक बस चलाउँदै गर्दा अचानक बेहोस भएपछि उनको उपचारको क्रममा मृत्यु भएको छ ।

महेन्द्रराजमार्ग अन्तर्गत पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बसका चालक बेहोस भए पछि उनको उपचारको क्रममा मृत्यु भएको हो ।

पश्चिम नेपाल यातायात प्रा.लिको लु २ ख ४०७२ नम्बर को यात्रुबाहक बसको चालक लाल बहादुर गाहा मगर बस चलाइरहेको अवस्थामा आफुलाई असहज भए पछि बस रोकेर सहचालकलाई चलाउन दिए लगत्तै उनी बसमै बेहोस भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

पाल्पा जिल्लाको रम्भादेवी गाउँपालिका ५ बस्ने ४३ बर्षीय गाहा मगर अचानक बसमा बेहोस भए पछी देवचुली नगर अस्पताल ल्याईएको र उनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । मृतक चालक उच्च रक्तचापका बिरामी रहेको र त्यसको औषधि समेत खाने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%५%९%३%१०५%१४%

प्रतिक्रिया दिनुहोस