२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

देवचुलीमा जिप दुर्घटनामा सवार सातै जनाको निधन, ६ जनाको सनाखत

२०८० कार्तिक २६, आईतबार प्रकाशित ( महिना अघि) १७३६ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिकाको गोरे घुम्तिमा आइतबार भएको जीप दुर्घटनामा सातै जनाको मृत्यु भएको छ । जसमध्ये ६ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परि बौदीकाली गाउँपालिका ६ मझडाँडा बस्ने बर्ष चालक २९ को छन बहादुर आले, लाहटे बस्ने बर्ष ५२ की कुमारी राना, माझडाँडा बस्ने बर्ष ५५ को टेकमान वानटक्की, बुलिङटार गाउँपालिका ४ चुलिवोझ बस्ने बर्ष १२ की करिश्मा ठाडा, बर्ष ४५ की कमला वानटक्की र मध्यबिन्दु नगरपालिका २ कोल्हुवा बस्ने बर्ष १८ चिरन अर्यालको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

अब बाँकी १ जनाको सनाखत हुन छ । ६ जनाको शप मध्यविन्दु जिल्ला अस्पताल डण्डमा राखिएको छ भने चिरनको शव पुरानो मेडिकल कलेज भरतपुरमा रहेको छ ।

बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको डिएसपी पौडेलले जानकारी दिए । दुर्घटनास्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको मांझडाँडाबाट सुन्तला बोकेर स्थानीय जीप चढेका थिए  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%२६%२%

प्रतिक्रिया दिनुहोस