२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरको देवचुलीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

२०८० कार्तिक २६, आईतबार प्रकाशित ( महिना अघि) ११८५ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिका ९ मा जिप दुर्घटना भएको छ ।

देवचुली नगरपालिका गोरे घुम्तिमा आइतबार बिहान जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । भने १ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको उहाँले बताउनु भयो ।

मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेको पौडेलको भनाई छ । दुर्घटनास्थलमा प्रहरी उद्दारमा खटिएको छ । वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको  हो ।

मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जीपको ब्रेक फेल भएका कारणले दुर्घटना भएको हो ।

पूर्वपश्चिम राजमार्गको दलदले बजारबाट २.४ किलोमिटर उत्तर एस मोडमा घुमाउँदा ब्रेल नलागेर जीप घरमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१६%१%

प्रतिक्रिया दिनुहोस