२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

देवचुली १७ बन्यो वडा स्तरीय फुटबल प्रतियोगिता विजेता

२०८० कार्तिक २५, शनिबार प्रकाशित ( महिना अघि) ५०४ पाठक संख्या

देवचुली । देवचुलीमा संचालित प्रथम देवचुली नगरपालिका वडास्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिताको उपाधि देवचुली १७ ले जितेको छ ।

प्रगतिकला मन्दिर युवा क्लबको आयोजना तथा देवचुली १४ को सह आयोजनामा जन ज्योति नमूना माध्यमिक विद्यालयको खेल मैदानमा संचालित प्रतियोगितामा शनिबार देवचुली १६ लाई हराउँदै देवचुली १७ विजयी भएको हो।

शनिबार भएको फाइनल खेलमा देवचुली १७ ले देवचुली १६ लाई ट्राईबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित समयको खेलमा दुवै समुहले गोलरहित बराबरी खेलेपछी खेल ट्राई बेकरमा गएको थियो।

बिजेता देवचुली १७ ले नगद २५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता देवचुली १६ ले नगद १५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आजको खेलमा देवचुली १७ का गोलरक्षक जितबहादुर तामाङ म्यान अफ द म्याच घोषित भएका थिए।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता देवचुली १६ का मिनबहादुर क्षेत्री,उत्कृष्ट गोलरक्षकमा देवचुली १६ का कृष्ण न्यौपाने र सर्वोकृष्ट खेलाडीमा देवचुली १६ का मेखबहादुर क्षेत्री भएका थिए।

प्रगतिकला मन्दिर युवा क्लबका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद न्यौपानेको अध्यक्षता तथा देवचुली १४ का वडा अध्यक्ष गोपाल थापाको प्रमुख आतिथ्यता प्रतियोगिता समापन कार्यक्रम गरिएको थियो। समापन कार्यक्रममा देवचुली नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस