२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

गैँडाकोटका नगर प्रहरीलाई जनपथ प्रहरीको तालिम

२०८० कार्तिक २५, शनिबार प्रकाशित ( महिना अघि) ३५५६ पाठक संख्या

गैँडाकोट । नेपाल प्रहरीको शैली अपनाउँदै गैँडाकोट नगरपालिकाले आफ्ना नगर प्रहरीलाई आधारभुत तालिम प्रदान गरेको छ ।

नगरपालिकाले ४ जना पुरुष र ४ जना महिला गरि ८ जना नगरप्रहरीलाई १५ दिने आधारभूत तालिम प्रदान गरेको हो ।

शनिवार गैँडाकोट नगरपालिका कार्यालय परिसरमा नगर प्रहरी सहायक निरीक्षक दिपक अधिकारी,नगरप्रहरी हवलदार प्रकाश बहादुर जिसी र नगर प्रहरी जवानहरु खेमानन्द शर्मा, निखिल पाण्डे, खेमकुमारी महतो, कविता थापा र सुस्मीता नेपालीलाई एक समारोहका विच दिक्षित गरिएको छ ।

दिक्षान्त समारोहलाई सम्बोधन गर्दै मेयर मदनभक्त अधिकारीले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन नगरप्रहरीलाई निर्देशन दिनुभयो । विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै नगर प्रहरी छनौट गरिएको उहाँले बताउनुभयो ।

उपमेयर शान्ति कोइरालाले संबिधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरपालिकाले प्रहरी ऐन बनाएर प्रक्रियागत ढंगले नगर प्रहरी भर्ना गरिएको बताउनुभयो । पारदर्शी र निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्न दिक्षित भएर जाने प्रशिक्षार्थीलाई उहाँले निर्देशन दिनुभयो । सो क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले नगरप्रहरीलाई सपथ खुवाउनुभएको थियो ।

दिक्षान्त समारोहमा गैँडाकोट नगरपालिकाका १८ वडाका अध्यक्ष, ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख हस्तबहादुर सुनार, कार्यपालिकाका सदस्य तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन र सहजीकरण नगरपालिकाका प्रशासन शाखाका प्रमुख टुकप्रसाद काफ्लेले गर्नुभएको थियो । स्थानीय सरकार कार्यसञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले आफ्नै प्रहरी नियुक्त गर्न पाउने ब्यवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%९%५%२%५%

प्रतिक्रिया दिनुहोस