२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीमा अटो दुर्घटना हुँदा ५ जना घाईते

२०८० कार्तिक २५, शनिबार प्रकाशित ( महिना अघि) ३१०६ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिकामा अटो दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।

सनिवार दिउँस साढे १२ बजे देवचुली नगरपालिकाको वडा – ६ किर्तिपुरको टोक्रे खोला नजिक भित्रि सडक खण्डमा अटो दुर्घटना हुँदा अटोमा सवार पाँचजना घाईते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद पौडेलले जानकारी दिनुभयो ।

किर्तिपुरबाट मुण्डे तर्फ आउदै गरेको ना २ ह ६४८० नम्बरको अटो आफै अनियन्त्रित भई सडकको दाहिने तर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सुचना अधिकारी प्रहरी नायव उपरीक्षक पौडेलका अनुसार दुर्घटनामा देवचुली – ६ किर्तिपुरका अटो चालक कुल प्रसाद सिंजाली, लिलावती लुङ्गेली,पुष्पा लुङ्गेली,गनिसरा बाह्रघरे, जेनिसरा बाह्रघरे घाइते भएका हुन् ।

दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था सामान्य रहेको र उनीहरूको देवचुली नगर अस्पताल दलदलेमा उपचार भइरहेको छ । दुर्घटनामा परी  गम्भीर घाइते भएका जेनिसरा बाह्रघरेको टाउकोमा चोट लागेकाले थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%३%३%२१%८%

प्रतिक्रिया दिनुहोस