२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

हिन्दूहरूको ठूलो चाड यमपञ्चक सुरु, आज पहिलो दिन काग तिहार

२०८० कार्तिक २५, शनिबार प्रकाशित ( महिना अघि) २३९ पाठक संख्या

नवलपुर । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने समितिले जनाएको छ ।

समितिका अध्यक्ष श्री कृष्ण अधिकारीले कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउने भएकाले आजदेखि यमपञ्चक सुरु भएको बताए ।

उनका अनुसार सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस