२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

धरान बस दुर्घटना अपडेट: नवलपुरका ५  जना घाईते (नामावली सहित)

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित ( महिना अघि) ३२३७ पाठक संख्या

कावासोती । शैक्षिक भ्रमणका लागि नवलपुरको हुप्सेकोटबाट धरान गएको बस दुर्घटनामा पर्दा १६ विद्यार्थी घाइते भएका छन् ।  जसमध्ये ५ जना विद्यार्थी हुप्सेकोट गाउँपालिका – ४ स्थित जनकल्याण राष्ट्रिय माविका रहेका छन् ।

हुप्सेकोटबाट विद्यार्थी बोकेर हिडेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिदा धरान उप-महानगरपालिका – १३ स्थित धरान–धनकुटा सडकखण्डमा दुर्घटना भएको हो ।

स्याङ्जा, नवलपुर र म्याग्दीबाट शैक्षिक भ्रमणमा विद्यार्थी बोकेर गएका बस एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनायो । ब्रेकफेल भएको हुप्सेकोटको बसले म्याग्दीबाट शैक्षिक भ्रमणमा गएको ग २ ख १५८३ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको प्रहरीले जनायो । घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

घाइतेहरूको नाम र अवस्था

१) हुप्सेकोट गा.पा- ४ बस्ने बर्ष १६ को तुल बहादुर राना:- दाहिन कुम र दाहिने खुट्टामा चोट अवस्था सामान्य

२)  हुप्सेकोट – ४ बस्ने बर्ष १४ को एलेक्स थापा ढाडमा चोट :- अवस्था सामान्य

३) हुप्सेकोट – ४ बस्ने बर्ष २४ की जयन्ती भूजेल :- दाहिने खुट्टामा चोट अवस्था सामान्य

४)  हुप्सेकोट – १ बस्ने बर्ष सुनिता कुमारी न्यौपानेकी छोरा बर्ष ३ को सुयोग अधिकारी:-  निधार र टाउकोमा चोट अवस्था सामान्य

५)  कावासोती – १ बस्ने बर्ष ४० की सिता भुताल निधारमा चोट अवस्था सामान्य

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%४%१%१९%३%

प्रतिक्रिया दिनुहोस