२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

बुलिङटारको द्यौबादी गाउँमा पहिलो पटक खानेपानीका धारा

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित ( महिना अघि) ४४८ पाठक संख्या

नवलपुर । जन्मेदेखि नै कुवाको पानी खान बाध्य बुलिङटार–२ डाँडाझेरी द्यौबादीका नरवीर मश्राङ्गी मगर घरमै खानेपानी धारा पुगेपछि दङ्ग हुनुहुन्छ। पहिलो पटक धाराको खानेपानी खान पाएकोमा उहाँ खुसी हुनुभएको हो ।

पूर्वी नवलपरासीको बुलिङटार डाँडाझेरी द्यौबादीका सात टोलमा तत्कालीन सरकारको पाँच करोड ३६ लाख रुपियाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको वडाध्यक्ष कमल बकावल मगरले बताउनुभयो ।

बुलिङटार गाउँपालिकाका–२ का वडाध्यक्ष  बकावल मगरले हालै निर्माण सम्पन्न भएको डाँडाझेरी खानेपानी आयोजनाबाट ६११ घर धुरीका झन्डै चार हजार तीन सय स्थानीय प्रत्यक्ष खानेपानीबाट लाभान्वित भएको बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष नरवीर मश्राङ्गी मगरले जीवनभरि सधैँ कुवाको खानेपानी खाएका स्थानीयले घरमै धाराबाट खानेपानी आएपछि खुसी छाएको बताउनुभयो । आयोजना निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दाले खेर गइरहेको पानीबाट तरकारी, खाद्यान्न, कागती उत्पादन गरी बिक्री समेत गर्ने गरेको गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरले बताउनुभयो ।

जिल्लाको पहाडी दुई गाउँपालिकामा अझै चार हजार बासिन्दा प्रत्यक्ष खानेपानी सुुविधाबट वञ्चित छन् । स्थानीय गुन्जबहादुर आलेले जिल्लाको काफलडाँडा, मथार, पिपलछाप, रुचाङ टोललगायतका ठाउँमा खानेपानी व्यवस्थित बन्न नसकेको बताउनुभयो । सङ्घीय सरकारको पूर्ण सहयोगमा खानेपानी आयोजना सम्पन्न भएको वडाध्यक्ष बकावल मगरले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस