२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोती नगरपालिकाद्धारा आयातित फूलमालाको अनुगमन 

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित ( महिना अघि) ३६५ पाठक संख्या

कावासोती । कावासोती नगरपालिकाले प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय सगै बजार अनुगमनलाई तिब्रता दिएको छ ।

कावासोती नगरपालिकाकाले नेपालीहरूको महान चाड तिहार, छठ जस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलमाला तथा पटकाजन्य विस्फोटक पदार्थहरूको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न नगराउन  अनुरोध गर्दैर् बिज्ञप्ती समेत जारी गरेको थियो ।

बजार अनुगमनको क्रममा आज डण्डाको हाट बजारमा प्लाटिकजन्य फूलमाला पुर्ण रुपमा प्रतिवन्ध भएको कावासोती नगरपालिकाका अनुगमन संयोजक दिनेश भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार अनुगमनका क्रममा दैनिक उपभोग्य पसल समेत अनुगमन गरीएको बताए । अनुगमनको क्रममा पहिलो पटक प्लाष्टिकजन्य फूलमाला बिक्री नगर्न अनुरोध गरीएको र पुनः अनुगमनको क्रममा भेटिए जफत गरीने गरी सचेत गराएको जनाए ।

अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय , नवलपुर उद्योग बाणिज्य संघ, उपभोक्ता हक हित मंच, पत्रकार महासंघ, डण्डा बजार विकास समितिका प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।

अनुगमनको क्रममा लेवल नभएका ,अखाध्यबस्तु समेत नियन्त्रणमा लिईएको अनुगमन समिति संयोजक भण्डारीले बताए ।  नवलपुर उद्योग बाणिज्य संघले समेत स्थानीय स्तरमा उत्पादित फुल तथा मालाहरुको मूल्य निर्धारण गरिदिन हुन सरोकारवाला सग आग्रह गरेको छ ।

नवलपुर जिल्लाका स्थानिय निकायले प्लाष्टिकजन्य माला बिक्री र भण्डारमा रोक लगाए सगै स्थानिय उत्पादित फुल तथा मालाको मुल्य निर्धारण गरीदिन उद्योग बाणिज्य संघले आग्रह गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस