२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा तिहारमा पटका पड्काए कारवाही गरिने

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित ( महिना अघि) ६८७ पाठक संख्या

कावासोती । जिल्ला प्रशासन कार्यालयले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन सबैमा अनुरोध गरेको छ।

कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता विस्फोटक पदार्थ पड्काउनेलाई कारवाही गरिने जनाएको हो ।

एक सार्वजनिक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुरले दिपावली र छठ पर्ब सुरक्षित र मर्यादीत तवरले मनाउन आग्रह गरेको छ ।

तिहारमा रमाइलोको नाममा कुनै पनि किसिमको पटका वा पटकाजन्य पदार्थ प्रयोग नगर्न समेत आग्रह गर्दै यदि अटेर गरेमा कानूनी बमोजिम कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रशासनले त्यस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न र साँझ ९ बजे पछि देउसी, भैलो नखेल्न पनि आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%२%

प्रतिक्रिया दिनुहोस