२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा सवारी दुर्घटनामा १ जना गम्भीर घाइते

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित ( महिना अघि) १२९६ पाठक संख्या

कावासोती । नवलपुरमा बिहिवार साँझपख सवारी दुर्घटना भएको छ । कावासोती- ३ सभापति चोक स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३९ प ९७५३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी रौतहट जिल्लाको गैर नगरपालिका २ घर भई हाल कावासोती २ सभापति चोकमा बस्ने विकास जैसवालको ८ बर्षीया छोरी कृष्टल जैशवाल घाइते भएकी हुन् ।

उनको टाउको र हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको नवलपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । प्रहरीले ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%६%५%

प्रतिक्रिया दिनुहोस