२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीमा भूकम्पपीडितको सहयोगार्थ रक्तदान

२०८० कार्तिक २३, बिहिबार प्रकाशित ( महिना अघि) ३३८ पाठक संख्या

कोल्हुवा । भूकम्पपीडितहरुको सहयोगार्थ बिहीबार कोल्हुवा खानेपानीको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम आयोजना सम्पन्न भएको छ ।

कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा सञ्चालन गरिएको खुला रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको कोल्हुवा खानेपानीका कार्यवाहक अध्यक्ष सुभाष नेपालले बताउनुभयो।

सुभाष नेपालको अध्यक्षतामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा मध्यविन्दु – २ का वडाअध्यक्ष रामभक्त अधिकारीले स्वयं आफैले रक्तदान गरेर उद्घाटन गर्नुभएको थियोे ।

जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग पुर्याउनका लागी रक्तदान कार्यक्रम गरिएको अध्यक्ष नेपालले बताउनुभयो।

भूकम्पमा घाइते भएकाहरुका लागि कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजना एवम् नेपाल रेडक्रस सोसाइटी कोल्हुवा उपशाखा र कावासोती उपशाखा तथा नवलपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आज एक औपचारिक कार्यक्रम बीच खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस