२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

देवचुली नगरपालिकाद्वारा प्लाष्टिकका माला बिक्री वितरणमा रोक

२०८० कार्तिक २३, बिहिबार प्रकाशित ( महिना अघि) १९७ पाठक संख्या

देवचुली । देवचुली नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा नेपालीहरूको महान चाड तिहार, छठ जस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलमाला तथा पटकाजन्य विस्फोटक पदार्थहरूको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न नगराउन अनुरोध गरिएकोछ ।

साथै प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदूषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकोले यस देवचुली नगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा सयपत्री, गोदावरी, मखमली लगायतका फूलहरू उत्पादन भइरहेको परिप्रेक्षमा प्राकृतिक रुपमा उत्पादन भएका उक्त फूलहरू एवं सो बाट बनेका मालाहरू मात्र प्रयोग गर्न समेत नगरवासीलाई अनुरोध गरिएको छ ।

विज्ञप्तिमा बजार अनुगमनका क्रममा नेपाल सरकारको निर्णय विपरित निषेधित कुनै कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही प्रकृया अगाडि बढाइने समेत जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस