२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

२०८० कार्तिक २२, बुधबार प्रकाशित ( महिना अघि) ४०९ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाले तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ ।

मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिद्धारा जारी विज्ञप्तिमा नेपालीहरूको महान चाड तिहार, छठ जस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलमाला तथा पटकाजन्य विस्फोटक पदार्थहरूको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न नगराउन अनुरोध गरिएको छ ।

विज्ञप्तिमा प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको उल्लेख गरिएको छ ।

मध्यविन्दु नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजा पाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गरिएको छ ।

प्लास्टिकजन्य फूल तथा मालासैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस