२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

२०८० कार्तिक २२, बुधबार प्रकाशित ( महिना अघि) ४४८ पाठक संख्या

कावासोती । कावासोती नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ ।

कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा नेपालीहरूको महान चाड तिहार, छठ जस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलमाला तथा पटकाजन्य विस्फोटक पदार्थहरूको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न नगराउन अनुरोध गरिएको छ ।

नगरप्रमुख बिष्णु प्रसाद भुसालले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताउनुभयो ।

उहाँले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजा पाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह समेत गर्नुभएको छ ।

प्लास्टिकजन्य फूल तथा मालासैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस