२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

काठमाडौं महानगरले छाडा चौपायाको संरक्षण गर्ने

२०८० कार्तिक २२, बुधबार प्रकाशित ( महिना अघि) २५४ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा भेटिने छाडा चौपायाको संरक्षण गर्ने भएको छ।

महानगरपालिका प्रमुख बालेन्द्र शाह ( बालेन)ले छाडा चौपायालाई संरक्षण दिने जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्।

उनले बिहीबारदेखि गाईबाच्छा संकलन गरी दक्षिणकाली नगरपालिका वडा नं। ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने जानकारी दिए।

प्रमुख बालेनले चौपायाका लागि १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेको पनि बताए।

साथै उनले चौपाया हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएको पनि जानकारी दिए।

महानगरले दक्षिणकाली नगरपालिकाको वडा नं ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा प्रबन्ध गर्ने पनि जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस