२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

बौदीकाली गाउँपालिकामा अन्यत्रबाट सयपत्री फूल ल्याउन नपाइने

२०८० कार्तिक २२, बुधबार प्रकाशित ( महिना अघि) ३७५ पाठक संख्या

नारायण शर्मा 

पुर्व नवलपरासी  । यहाँको पहाडी बौदीकाली गाउँपालिकामा यस पटकको तिहारमा बाहिरबाट सयपत्री फूल ल्याउन नपाइने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवलबहादुर बस्नेतले मंगरबार एक सूचना प्रकाशन गरेर गाउँपालिकाभन्दा बाहिरबाट फूल नल्याउन र गाउँकै किसानले उत्पादन गरेको सयपत्री फूलमात्र प्रयोग गर्न पर्ने उर्दी जारी गरेका हुन् ।

गाउँका ८ जना किसानले यो पटक उत्पादन गरेका सयपत्रीको फूल प्रयोग गर्नुपर्ने भन्दै एक सूचना जारी गरेर फूल उत्पादनक किसानको नाम र मोबाइल नम्बरसमेत दिएका छन् । गाउँकै खिमचन्द्र भण्डारी, रवीन्द्रराज कँडेल, भानुभक्त ओझा, संगीता पौडेल, खहरे कृषक समूह, डण्डपानी कोइराला, टिकामाया सार्की र नेहा सारुमगर लगायतले आआफनो खेतबारीमा उत्पादन गरेको सयपत्री फूल प्रयोग गर्न अनुरोध गरेका छन् ।

बस्नेतले गाउँपालिका भित्रका सर्वसाधारण, सरकारी, गैरसरकारी संघसंस्थाले गाउँपालिका भित्रकै किसानले उत्पादन गरेको सयपत्री फूल प्रयोग गरेर स्थानीय उत्पादनलाई टेवा दिन पनि अपिल गरेका छन् । गाउँपालिकाभित्रका कसैले पनि आयातित, नस्ट नहुने र नकुहिने ( प्लास्टिकका फुल ) ल्याउन र प्रयोग गर्न नपाइने सूचनामा उल्लेख छ । करिब ७ हजार जनसंख्या रहेको बौदीकाली गाउँपालिका पूर्वी नवलपरासीको दुर्गम पहाडी गाउँपालिका हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस