२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

देवचुली नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

२०८० कार्तिक २१, मंगलबार प्रकाशित ( महिना अघि) ४०७ पाठक संख्या

देवचुली । देवचुली नगरपालिकाले कार्तिक २२ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गर्ने भएको छ।

नगरपालिकाले देवचुली ९ मा रहेको कालिका माध्यमिक विद्यालयको संयोजनमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न लागेको हो। कार्तिक २२,२३ र २४ गते तीन दिनसम्म प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।

नगरभित्रका माध्यमिक तहका विद्यालयको प्रतिनिधित्व रहने प्रतियोगितामा करिब ८ सय खेलाडी विद्यार्थीले भाग लिने अपेक्षा गरिएको शिक्षा तथा खेलकुद विकास शाखा देवचुलीका अधिकृत नन्दलाल ढकालले बताए ।

बुधवार बिहान प्रत्येक सहभागी विद्यालयका सहभागीले खेल मैदानमा मार्चपास प्रदर्शन गर्ने अधिकृत ढकालले बताए । उनले प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धी खेलाडी वा समूहलाई मेडल, प्रमाणपत्र प्रदान गरिने र सबैभन्दा धेरै मेडल प्राप्त गर्ने तीन वटा विद्यालयलाई नगद सहितको पुरस्कार दिइने बताए ।

हरेक विधामा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने खेलाडी विद्यार्थी वा समूह जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोटमा पर्ने खेलकुद विकास समिति देवचुलीका अध्यक्ष चन्द्रबहादुर थापा मगरले बताए ।एथलेटिक्स, मार्सल आर्ट, भलिवल र कपर्दी गरी ४ विधाका ५४ वटा खेलका प्रकारमा छात्र-छात्राका प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले जनाएका छन् ।

देवचुली नगरपालिकाको आयोजना, कालिका माविको संयोजन र नगर खेलकुद विकास समितिको समन्वयमा संचालन हुने प्रतियोगितामा एथलेटिक्स विधाका खेलहरू देवचुली ७ रामवास स्थित सेन्टर प्लटको खेल मैदानमा हुने र बाँकी सबै विद्यालयको खेल मैदानमा संचालन गर्ने तयारी गरिएको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम कोइरालाले जानकारी दिए।

२२ गते बुधवार बिहान १० बजे नै प्रतियोगिताका खेल शुरू हुने भए पनि दिउँसो २ वजे नगर प्रमुख हरिप्रसाद न्यौपानेले खेल अवलोकन र उद्घाटन गर्ने तालिका रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस