२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

भूकम्पपीडितको सहयोगार्थ नवलपुरमा रक्तदान

२०८० कार्तिक २०, सोमबार प्रकाशित ( महिना अघि) २८० पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा भूकम्पपीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका बिरामीहरूको उपचारका लागि सहयोग गर्न नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नवलपुर शाखाले खुला रक्तदान कार्यक्रम गरेको छ ।

जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न रक्तदान गर्न लागिएको जनाइएको छ । आइतबार बिहान ११ बजेदेखि  रक्तदान कार्यक्रम सुरु भई दिनभर जारी रहने नेपाल विद्यार्थी सङ्घका  नवलपुरका अध्यक्ष हरि सुवेदीले जानकारी दिनुभयो ।

“रगतको अभाव भएकाले हामीले पनि आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दैछौं । युवालाई रक्तदानका लागि आग्रह गरेका छौँ” उहाँले भन्नुभयो । नवलपुरमा रहनुभएका विद्यार्थी, युवा, सर्वसाधारण सबै सहभागी हुने विश्वास लिएको बताउनुभयो । नवलपुरको नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा रगत सङ्कलन गरेको सुवेदीले जानकारी दिनुभयो ।

रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सोचेर रक्तदान गरेको हुप्सेकोटका हुमन पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो सानो सहयोगले जीवन बचाउन सकिन्छ भने किन सहयोग नगर्ने, खेर जानी रगतलाई जीवनदान गरेका हौँ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस