२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरका ३ पालिकाले भूकम्पपीडितलाई ६ लाख सहयोग 

२०८० कार्तिक २०, सोमबार प्रकाशित ( महिना अघि) ५२२ पाठक संख्या

कावासोती । नवलपुरका तिनवटा पालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नगद ६ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

यहाँको मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकाले दुईरदुई लाख नगद दिने जनाएका हुन् । भने वियनी त्रिवेणी गाउँपालिकाले पनि दुई लाख सहयोग गर्ने भएको छ ।

मध्यविन्दुका मेयर भिमलाल अधिकारी र देवचुली नगरपालिकाका मेयर हरि न्यौपानेले छुट्टाछुट्टै विज्ञप्ति निकालेर भूकम्प पीडितको राहतमा ऐक्यबद्धता जनाउँदै दुईरदुई लाख नगद सहयोग गर्ने घोषणा गरेका छन् ।

यता विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पनि एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको तर्फबाट पहिलो चरणमा भूकम्पका पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उद्धार, राहत र पुनःस्थापनामा खर्चका लागि उनीहरुले सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना र घाइतेको शीघ्रस्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ ।

त्यस्तै गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्र खनालले भूकम्पपीडितलाई नगदभन्दा पनि अन्य सहयोग दिने तयारी भइरहेको बताए । अन्य सहयोग कस्तो भन्ने बारेमा नगरपालिका बोर्डमा छलफल गरेर निर्णय गर्ने उनले सुनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस