२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरबाट ६ जना खेलाडी सातौँ दक्षिण एसिया कराते च्याम्पियनसिपका लागी छनौट

२०८० कार्तिक २०, सोमबार प्रकाशित ( महिना अघि) १३५४ पाठक संख्या

कावासोती । नवलपुरबाट सातौँ दक्षिण एसिया कराते च्याम्पियनसिप २०२३ का लागी ६ जना खेलाडी छनौट भएका छन् ।

पोखरामा जारी गण्डकी प्रदेश छनौट प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन् । छनौट प्रतियोगितामा देवचुलीका २ जना सहित नवलपुरबाट ६ जना खेलाडी छनौट भएका हुन् ।

पोखरा रंगशालामा भएको उक्त छनौट खेलमा देवचुली ७ का एन्जिला गुरुङ र सकिना गुरुङ सहित जिल्लाका पुर्णिमा रिजाल , अनिस नेपाली , मिन बहादुर थापा मगर र अन्जन लुन्गेली लगायतका रहेको प्रशिक्षक भुपराज पाठकले बताउनुभयो ।

प्रशिक्षक पाठकका अनुसार उक्त छनौट भएका खेलाडीहरुले राष्ट्रिय खेलको छनौट चरण खेल्नेछन् र त्यसमा पनि उत्कृष्ट हुँदै छनौट भएमा राष्ट्रिय समुहबाट देशको लागी खेल खेल्नेछन्।

नेपाल कराते महासंघ गण्डकी प्रदेशको आयोजना संगै सितोरियो कराते संघ गण्डकी प्रदेशको व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%८%१%१%

प्रतिक्रिया दिनुहोस