२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाले भूकम्प पीडितलाई २ लाख सहयोग गर्ने

२०८० कार्तिक १८, शनिबार प्रकाशित ( महिना अघि) ४९० पाठक संख्या

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकाले शुक्रबार रातिको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि नगरपालिका र नगरबासीको तर्फबाट नगरपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो । नगर प्रमुख अधिकारीले प्रेस विज्ञप्ति मार्फत भूकम्पमा परी मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । यस्तै मृतकका परिवारजनलाई समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत नगर प्रमुखले गर्नु भएको छ ।

विपत्तिको हालको अवस्थामा सबै तहका सरकार, राजनैतिक दल, संघसंस्था, नागरिक सबै मिलेर पीडितहरुको उद्दार, राहात र पुर्नस्थापनामा जुट्न आवश्यक रहेको उहाँले बताउनुभयो । नगरपालिकाको तर्फबाट उक्त रकम नेपाल सरकार वा सरकारी विपत् कोष मार्फत पीडितहरुको लागि पठाइने उहाँले बताउनुभयो ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको कारण जाजरकोट र पश्चिम रुकुमका ठुलो जनधनको क्षति भएको विवरणहरुको प्राप्त भइरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस