२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

जाजरकोट भूकम्प अपडेट : उपमेयर सिंहसहित मृतकको संख्या ५० पुग्यो

२०८० कार्तिक १८, शनिबार प्रकाशित ( महिना अघि) १५०८ पाठक संख्या

नवलपुर । शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६:४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

प्रहरी र स्थानीयका अनुसार हालसम्म रुकुममा मात्र २८ जनाको मृत्यु भएको छ ।

जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले जानकारी दिए। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा ठूलो क्षति भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%२८%

प्रतिक्रिया दिनुहोस