२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

जाजरकोट भूकम्प: घर भत्किँदा उपप्रमुख सरिता सिंहको निधन

२०८० कार्तिक १८, शनिबार प्रकाशित ( महिना अघि) ८०० पाठक संख्या

नवलपुर । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिंह बसेको घर भत्किँदा उनको निधन भएको हो । उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत स्थानीय निर्वाचनमा सिंह नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।  जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६:४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा ११ जना र जाजरकोटमा ७ जनाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । क्षेतिको विस्तृत विवरण आउने क्रम जारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%३%

प्रतिक्रिया दिनुहोस