२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

जाजरकोट भूकम्पमा परी १६ जनाको मृत्यु

२०८० कार्तिक १८, शनिबार प्रकाशित ( महिना अघि) ४५३ पाठक संख्या

कावासोती । जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परि जाजरकोट र रुकुममा १६ जनाको मृत्यु भएको छ ।

जाजरकोटको विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्लाको दुर्गम गाउँमा टेलिफोन सम्पर्क हुन नसक्दा विवरण संकलनमा कठिनाइ भइरहेको छ ।

जिल्ला सदरमुकामका धेरै घर भत्किएको र ३० भन्दा बढी घाइतेलाई अस्पतालमा पुर्‍याइ उपचार थालिएको छ भने तीनै सुरक्षाका निकाय उद्धारमा खटिएको छ ।

यता रुकुमको आठबीसकोटमा एकैघरका ६ जना सहित १० जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । सानीभेरी २ पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज विसिले बताए ।

चौरजहारी नगरपालिका – ७  खत्री गाउँमा भूकम्पले  घर भत्किँदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत चौरजहारी अस्पताल पठाएको प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस