२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भूकम्पको धक्का महसुस

२०८० कार्तिक १८, शनिबार प्रकाशित ( महिना अघि) ४७८३ पाठक संख्या

मध्यविन्दु । नवलपुरमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ः४७ बजे नवलपुर आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ६:४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । मापन केन्द्रले जनाए अनुसार जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेको छ ।

चितवन, नवलपरासी र बुटवलका बासिन्दाले पनि भूकम्पको धक्का महसुस गरेका थिए । रातको समयमा भूकम्पका कारण सर्वसाधारणहरु घरबाहिर निस्केका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%२%४%३%४६%३%

प्रतिक्रिया दिनुहोस