२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा दुर्घटना परी घाइते भएका १ जनाको उपचारको क्रममा मृत्यु

२०८० कार्तिक १६, बिहिबार प्रकाशित ( महिना अघि) ५०३२ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दुमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका १ जनाको उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका – ७ टाँडी भित्री सडक खण्डमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा गम्भीर घाइते भएका लिलाराम महतोको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद पौडेलले जानकारी दिनुभयो।

गत असोज २७ गते सनिवार टाँडी स्थित भित्री सडक खण्डमा लु १२ प ५१४५ नम्बरको मोटरसाइकलले मध्यविन्दु ७ निवासी ४८ बर्षीय लिलाराम महतोलाई ठक्कर दिंदा सो दुर्घटना भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२%७%२%२८%८%

प्रतिक्रिया दिनुहोस