२०८३ जेष्ठ ३०, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा आगलागी हुँदा २ लाख भन्दा बढीको क्षति

२०८० कार्तिक ४, शनिबार प्रकाशित ( साल अघि) १११२ पाठक संख्या

देवचुली । देवचुली नगरपालिका वडा नं ११ मा आगलागी हुँदा २ लाख भन्दा बढीको क्षति भएको छ ।

स्थानीय टेकनाथ न्यौपानेको भैंसीको गोठमा शनिबार दिउँसो करिब ३ बजे आगलागी हुँदा भैसीको गोठमा राखिएको धान, पराल र टौवा नष्ट भएको छ ।

आगलागीबाट २ बिगाहा क्षेत्रफलको पराल, २० मुरी गोरखनाथ धान,छानामा राखिएको १२ फुटे २८ पाता टिन, गोठमा रहेका काठमा क्षति हुनुका साथै भैंसीको पिठ्युँमा आगोले पोलेको प्रहरीले जनाएको छ। विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

आगलागी भएको थाहा पाउने बित्तिकै स्थानीयले नजिकै रहेको बोरिङको पानीले आगो नियन्त्रणको प्रयास गरेको थियोे । कावासोती नगरपालिकाको दमकल आउनु अघि नै स्थानीय र प्रहरीले आगो नियन्त्रण लिएका थिए । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस