२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा जारी भलिबल प्रतियोगिता वर्षाका कारण स्थगित

२०८० आश्विन १६, मंगलबार प्रकाशित ( महिना अघि) ९८३ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दुमा वडा स्तरिय ९औँ जितिया कपको महिला तथा पुरुष भलिवल प्रतियोगीता भारी वर्षाका कारण आज खेल स्थगित भएको छ ।

मध्यविन्दु – १ पतवारी स्थित खेलमैदानमा देवचुली र गोछडा बिच प्रतिस्पर्धा हुने भनिएको खेल भारी वर्षाका कारण रोकिएको आयोजकले जनाएको छ ।

वर्षा रोकिने छाँटकाँट नदेखिए पछि खेल आजका लागि स्थगित हुन पुगेको सुनगाभा युवा क्लवका अध्यक्ष ओमनारायण गुरौले बताउनुभयो ।

यदि भोलि पनि भारी वर्षा भएको खण्डमा पुन: खेल रोक्न पर्ने अवस्था आउने अध्यक्ष गुरौले जानकारी दिनुभयो । यद्यपि भोलि त्यसो नहोला उहाँले बताउनुभयो ।

प्रतियोगीतामा पुरुष तथा महिला गरी २० टिम भन्दा बढि समुह बिच प्रतिस्पर्धा हुने छ । थारु समुदायको महान पर्व जितियाको अवसर पारी सुनगाभा युवा क्लब र महिला संञ्जालद्वारा सञ्चालीत जिल्ला व्यापी वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगीता एवंम झमटा तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । हमार संस्कृती हमार पहिचान भन्दै सास्कृतिक संरक्षण गर्ने उद्देश्यले सो खेल आयोजना गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%५%१%१%२%

प्रतिक्रिया दिनुहोस