२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा फेरी बाघ आयो, २ वटा बाख्रा खायो

२०८० आश्विन ९, मंगलबार प्रकाशित (0 महिना अघि) १६०१ पाठक संख्या

कोल्हुवा । चितवन राष्ट्रिय निकुञ्जबाट फेरि बस्ती पसेको पाटे बाघले सेहरीका एक शिक्षकको खोरबाटै २ वटा बाख्रा मारिदिएको छ ।

मंगलबार राती ९:३० बजे पाटे बाघले मध्यविन्दु – २ सेहरीका दल बहादुर थनेतको दुई वटा बाख्रा मारिदिएको हो । भने तीनवटा माउ बाख्रालाई सशक्त घाइते बनाएको वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।

यसअघि पनि गत भदौ २५ गते सोही क्षेत्रबाट आइतबार राति सात महिनाको डमरु ( बाघको बच्चा ) नियन्त्रणमा लिएको थियो । सोही दिनको भोलिपल्ट गत भदौ २६ गते पनि निकुञ्जबाट निस्किएको पाटे बाघले नन्दपुरकै हेमकान्त चौधरीको गोठका दुईवटा गाईलाई सिकार गरेर मारेको थियोे । त्यसको अघिल्लो दिन त्यही क्षेत्रमा ५ वटा बाख्रा र एउटा बंगुर बाघको सिकार हुनपुगेको थियो ।

केही समय यता सो क्षेत्रमा बाघले चौपाया मार्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् । बाघका कारण स्थानीयहरु सो क्षेत्रमा हिँडडुल गर्न समेत डराइरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१५%३%

प्रतिक्रिया दिनुहोस