२०८१ आश्विन २०, आईतबार
नयाँ
पछिला अपडेट

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड छात्रवृति प्रदान गर्ने

२०८० आश्विन ९, मंगलबार प्रकाशित ( साल अघि) ३१९ पाठक संख्या

चितवन । चितवनको भरतपुरमा प्रधानकार्यालय रहि काठमान्डौबाट समेत शैक्षिक परामर्श र सेवा प्रदान गर्दै आएको गोल्डेन इमिनेन्टले नेपाली विद्यार्थीहरुका लागि २ करोड ( कोरिएन वन ) बराबरको छात्रबृति उपलव्ध गराउने भएको छ ।

विगत १० वर्षदेखि नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरियामा अध्ययनका लागि पठाउदै आएको गोल्डेन इमिनेन्टले वर्ष २०२४ का लागि उच्च शिक्षा अध्ययनका लागि गोल्डेन इमिनेन्ट मार्फत कोरियाको केयुङसुङ विश्वविद्यालय जाने विद्यार्थीहरुका लागि छात्रबृति प्रदान गर्न लागिएको बताउनुभयो ।

केयुङसुङ विश्वविद्यालय र गोल्डेन इमिनेन्ट विच विद्यार्थीहरुलाई छात्रबृति उपलव्ध गराउने विषयमा केहिदिनअघि दक्षिण कोरियामा आयोजित एक विशेष समारोहमा सम्झौता समेत भैसकेको छ । गोल्डेन इमिनेन्ट नेपालका सिइओ प्रकाश रिजाल र केयुङसुङ विश्वविद्यालयका अध्यक्ष जोङ जियोन लिले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

गोल्डेन इमिनेन्ट इन्टरनेशलबाट ग्लोबल विजनेश,एडमिस्ट्रेसन, ग्लोबल आइटी इन्जिनियरिङ, ग्लोबल मेकानिकल, ग्लोबल हस्पिटालिटी , ब्यवस्थापन लगायतका विषय अध्ययन गर्न जाने विद्यार्थीहरुले छात्रवृति प्राप्त गर्न सक्नेछन् । विद्यार्थीहको शैक्षिक योग्यताको आधारमा विश्वविद्यालयले न्यूनतम ३० देखि शतप्रतिशत सम्म छात्रबृति प्रदान गर्न सक्ने गोल्डेन इमिनेन्ट इन्टरनेशलले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस