२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा बजार अनुगमन तिब्र, आग्रह पश्चात् अटेरी गरे कारवाही गर्ने

२०८० आश्विन ९, मंगलबार प्रकाशित ( महिना अघि) ६२५ पाठक संख्या

मध्यविन्दु । मध्यविन्दु नगरपालिकाको संयोजनमा सघन एवम् संयुक्त बजार अनुगमन तिव्र पारिएको छ । आज छैटौ दिन मंगलबार पनि नगरपालिकाका शहकारी शाखा प्रमुख विष्णु प्रसाद शर्माको नेतृत्वमा वडा नं; २ र ३ मा संचालित बिभिन्न पसलहरुको अनुगमन गरिएको हो ।

बजारमा कालोबजारी हुन नदिन , उपभोक्ताको स्वास्थ्य गुणस्तरीय उपभोग्य सामग्री खान पाउने अधिकार सुनिश्चित गर्न र व्यवसायीहरुलाई करको दायरामा ल्याउन पनि नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञान प्रसाद पनेरुले  बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पनेरुका अनुसार यो अनुगमन चाडपर्वलाई लक्षित नभई यसलाई निरन्तरर्ता दिदै बजारलाई व्यवस्थित गर्ने तरीकाले नगर अगाडि बढेको बताउनुभयो ।

IMG 20230926 WA0009

नगर प्रमुख प्रशासकीय अधिकृत ज्ञान प्रसाद पनेरु, राजस्व शाखाका शाखा प्रमुख सन्देश लामीछाने, सोहि शाखाका अनन्त राम सापकोटा ,स्वास्थ्य शाखाका माधब प्रसाद पोखरेल ,सामाजीक  विकास शाखाकाका कालिका काफ्ले, मध्यविन्दु उघोग वाणिज्य संघका सदस्य विना महतो, वडा नं २ का वडाअध्यक्ष रामभक्त अधिकारी, ३ का मान बहादुर महतो ,प्रहरी चौकीका प्रमुख , नगर प्रहरी र पत्रकार लगायतको टोलीले उक्त क्षेत्रमा सञ्चालित मासु पसल डिपार्टमेन्ट स्टोर, रेस्टुरेन्ट लगायतका पसलहरुको अनुगमन गरेको हो ।

IMG 20230926 WA0000

स्वास्थ्य शाखाका माधब प्रसाद पोखरेलका अनुसार अनुगमनका क्रममा ब्यवसाय दर्ता नभएका पसलबाट बिक्री गरिएको खाद्य बस्तुको गुणस्तर कायम नभएको, उपभोग्य मिति नाघेको र होटलहरुमा किचनमा फोहोर भेटिएको संगै मासु तथा प्रिजमा पनि फोहोर देखिएकाले एक चोटिलाई सुधार गर्न आग्रह गरेका छौ । आग्रह पश्चात् फेरी पनि अटेरी गरे कारवाही गर्ने प्रक्रिया अगाडि बढाउँने उहाँको भाईन छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस