२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा डुबेर गैँडाकोटका दाजु–भाइको मृत्यु

२०८० आश्विन १, सोमबार प्रकाशित (0 महिना अघि) १०७२ पाठक संख्या

कावासोती । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको ज्यान गएको छ । नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणीमा डुबेर ज्यान गएको हो ।

आज सोमवार दिउँसो नारायणीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन र नौ वर्षीय सङ्गमको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।

नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा डाक्टरले मृत घोषणा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%७%२%

प्रतिक्रिया दिनुहोस