२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने

२०८० भाद्र ३१, आईतबार प्रकाशित (0 महिना अघि) १८०९ पाठक संख्या

नवलपुर । नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ ( माथिल्लो भागमा ) बनाइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो ।

सडक विभाग अन्तर्गतको पुल महाशाखाले नक्साङ्कनसहित पुल निर्माणका लागि टुण्डी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ । महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण अधिकारीका अनुसार गत जेठ १९ गते ४८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

पुल अहिले भइरहेको पुलको माथिल्लो अर्थात् उत्तरतर्फ निर्माण हुनेछ । निर्माण कम्पनीले पहिलो एक वर्षमा नक्साङ्कनको काम सम्पन्न गर्नुपर्ने हुन्छ । हाल प्रारम्भिक नक्साको काम कम्पनीले गरिरहेको उनले जानकारी दिए । पुल कम्तीमा चार सय २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । भविष्यमा नदीमा पानीजहाज, स्टिमर सञ्चालन गर्दा समस्या नहुने गरी पुल निर्माण गरिनेछ ।

पुल निर्माणका लागि रु एक अर्ब ६८ करोड हाराहारी खर्च हुनेछ । हाल सञ्चालनमा रहेको पुल विसं २०३८ मा निर्माण भएको हो । यो पुलको आयु ७० वर्ष रहेको बताइएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%१%

प्रतिक्रिया दिनुहोस