२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नागरीक आवाजद्धारा “आशाको बिजारोपण ” पुस्तक विमोचन

२०८० भाद्र ३०, शनिबार प्रकाशित (0 महिना अघि) ५०३ पाठक संख्या

मध्यविन्दु । नवलपुरमा नागरीक आवाजद्धारा आशाको विजारोपण पुस्तक विमोचन गरेको छ । आज एक औपचारीक कार्यक्रमको आयोजना गरी मध्यबिन्दु – २ सेहरीमा संस्थाका संस्थापिका रिता थापा र कार्यालय प्रमुख डा. सुसन रिसालद्वारा लिखित ( SHOWING HOPE IN TIMES OF CONFLICT AND TRANSITION OF FEMINIST WORK ) “आशाको बिजारोपण” पुस्तक बिमोचन गरिएको हो ।

कर्यक्रमका प्रमुख अतिथी मध्यबिन्दु नगरपालीकाका नगर प्रमुख भिमलाल अधिकारीद्धारा सो पुस्तकको विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै अधिकारीले नगरको विकासका अवधारण संगै मेलखाने सिद्धान्त यस पुस्तकमा उल्लेख गरिएको भन्दै संस्थाको यो शान्ति अभियानमा नगर पनि अब यस संस्था संगै विकासका काममा हातेमालो गदै अगाडी बड्ने बताउनुभयो ।

FB_IMG_1694862711920

नागरिक आवाज द्वन्द्व रुपान्तरण र दिगो शान्ति स्थापनाको लागी विगत २२ वर्ष देखि कार्यरत एक सामाजिक संस्था हो। संस्थाले आफ्नो स्थापना काल देखि नै शान्ति निर्माण तथा सामाजिक न्यायको लागी विभिन्न कार्यक्रमहरु केन्द्रियस्तर देखि समुदाय तह सम्म युवाहरुलाई परिचालित गरी शान्ति निर्माणका कार्यहरु सञ्चालन गर्दै आईरहेको छ ।

त्यस्तै नागरीक आवाजले सेहरी स्थित पदमालय निर्माण गर्न भन्दै १४ कोठे भवन निमार्णको काम समेत सञ्चालन गरीरहेको छ । निमार्णमा सहयोग गर्ने दाता सिगाँपुरका पि.सि.ले कार्यक्रममा बोल्दै शान्ति र सुशासन आजको आवश्यकता भन्दै, यस संस्थाको अभियान राम्रो लागेको भन्दै संस्था संग सहकार्य गदै आएको बताउनुभयो ।

IMG 20230916 WA0010

संस्थाका कार्यसमिति सदस्य सुख मायाँ बोहोराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । यस कार्यक्रमको संस्थाका सचिव जोत्सना श्रेष्ठ्ले कार्यक्रमको स्वागत मन्तव्य राख्नुभएको थियोे । कार्यक्रमको समापन भने कार्यसमितिका सदस्य शरद बाबु श्रेष्ठले गर्नुभएको हो।

त्यस्तै कर्यक्रममा नवलपुरका जिल्ला संयोजक गोविन्द प्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष ,विभिन्न संघसंस्थाका पधादिकारी तथा प्रतिनिधि स्थानीयहरु गरी २५० जनाको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस