२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुर स्थित कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

२०८० भाद्र २९, शुक्रबार प्रकाशित (0 महिना अघि) ५७९ पाठक संख्या

नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा राति सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण राति यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो।

नवलपुरमा कालीगण्डकी करिडोर करीब ८७ किलोमिटर लामो छ। यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्क समेत हुन नसक्ने भएकाले राति दुर्घटना भएमा उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको पौडेलले बताए। सञ्चारको पहुँच र करिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति सवारीसाधन सञ्चालन गरिने उनले बताए।

निर्माणधीन कालीगण्डकी करिडोरको नवलपुर खण्डमा करीब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। नवलपुरस्थित कालीगण्डकी करिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना सवारीसाधन सञ्चालन हुने गर्छन्।

यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत सवारीसाधन सञ्चालन हुने गरेका छन्। नारायणगढ-गैंडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि यातायातका साधन सञ्चालन हुने गरेका छन्। – रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस