२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नन्दपुरबाट नियन्त्रणमा लिइएको बाघ बर्दिया पठाइयो

२०८० भाद्र २९, शुक्रबार प्रकाशित (0 महिना अघि) ६२८ पाठक संख्या

कावासोती । दुई दिनअघि नवलपुरको मध्यविन्दु नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ ।

गत दुई दिनमा नियन्त्रणमा लिइएका दुई वटा बाघमध्ये वयस्क पाटे बाघलाई बुधबार साँझ बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारा पठाइएको हो।

चितवन निकुञ्जमा बाघ राख्ने खोर खालि नभएकाले उता पठाइएको हो । गत मंगलबार राति नियन्त्रणमा लिइएको बाघलाई त्यसैदिन चितवन राष्ट्रिय निकुञ्जको कसरा लगिएको थियो ।

खोर खालि नभएका कारण बाघलाई बर्दिया पठाइएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । अन्दाजी १० वर्षको भाले बाघले केही समययता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस