२०८२ चैत्र १५, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

२०८० भाद्र २८, बिहिबार प्रकाशित ( साल अघि) २९०० पाठक संख्या

प्रिय धन

हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो हुप्सेकोट गाउँपालिका ३ चौरंगी धर्मचोकमा रौतहट स्थायी घर भएका ६५ वर्षीय भिखुर मुखियाको करेन्ट लागेर मृत्यु भएको हुप्सेकोट प्रहरीले जनाएको छ।

बेलहानीको धर्मचोकमा ५५ वर्षीया मिना फाल मगरको घरमा ब्लकको गारो लगाउने क्रममा मुखियालाई करेन्ट लागेको प्रहरीको भनाइ छ । काठका मिस्त्री जित बहादुर सार्कीले झ्याल ढोकाको काम गर्ने क्रममा कुखुराको खोरको जालीमा करेन्ट सप्लाई भई मुखियालाई करेन्ट लागेको प्रहरीले बताएको छ ।

अन्यलाई भने केहि नभएको बताईएको छ । घटना बिहिबार दिउँसो १२ बजेको आसपासमा भएको र भिखुर मुखियालाई तत्काल मध्यविन्दु जिल्ला अस्पताल लगिएको तर अस्पतालले मृत घोषणा गरेको अस्पताललाई उधृत गर्दै हुप्सेकोट प्रहरीले जनाएको छ ।

रौतहटबाट मृतकका आफन्ती नआउन्जेल शवलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिने प्रहरीले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%१४%२%

प्रतिक्रिया दिनुहोस