२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बिजुलीको तार व्यवस्थापनमा जुटे स्थानीय

२०८० भाद्र २८, बिहिबार प्रकाशित (0 महिना अघि) ६८० पाठक संख्या

नवलपुर ।  नवलपुरका सडकमा जताततै तारैतार झुण्डिंदा यसले दुर्घटना बढ्न थालेपछि यसको ब्यवस्थापनका लागि स्थानीय जुटेका छन् ।

मुख्य राजमार्गमा पर्ने सडकदेखि भित्री बाटोमा ठाउँ ठाउँमा अहिले जताततै तारैतार झुण्डिएका छन् । यसले बजार नै कुरुप बनाइदिएको छ । यसको तत्काल ब्यवस्थापन गर्न स्थानीय जुटेका गैंडाकोटका संजीव तिवारीले बताए ।

स्थानीयले सेवा प्रदायक कम्पनीलाई तार व्यवस्थापनका लागि अनुरोध गर्दै सूचना जारी गर्ने र गैंडाकोटदेखि बिनयी त्रिवेणी गाउँपालिकासम्म छरिएर रहेका र बाटोमा पर्ने सबै अनावश्यक रुपमा रहेका तार काट्ने निर्णय गरेको छ ।

नगरको सौन्दर्य नै बिग्रने गरी तार छरपष्ट भएको, घर नजिकका पोलहरुमा रहेका तारका कारण कुरुप देखिएको, पटक–पटक आगलागीको सामना गर्नुपरेको, लत्रिएका तारमा अड्किने जस्ता जोखिम रहेकोले व्यवस्थित गर्न लागिएको गैंडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीले बताए । यसअघि सबै पालिकामा अव्यवस्थित तार काटिने ३५ दिने सूचना जारी गरिसकिएको जनाउँदै उनले सेवा प्रदायक कम्पनीलाई ब्यवस्थित गर्न आग्रह गरे ।

नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालले बिजुलीका तार भन्दा एक मिटर तलबाट तार राख्नुपर्ने प्रावधान भएपनि टेलिकम, केबुल र इन्टरनेट प्रदायक कम्पनीले सो नियम पालना नगरेको बताए । अधिकांश स्थानमा बिजुलीका पोलमा आगलागी हुने कारण भनेको बिजुलीको तार नभई इन्टरनेटका तार देखिएको उनको भनाई थियो ।

नेपाल टेलिकम शाखा प्रमुख अर्जुन लामिछानेले यस्ता तार पुनः प्रयोग पनि नहुने र नष्ट पनि नहुने भएकाले पहिले नै सचेत बन्नुपर्ने बताए । इन्टरनेट अपरिहार्य आवश्यकता भएको तर यसलाई भूमिगत वा व्यवस्थित गर्न स्थानीयले सुझाव दिएका छन् ।

हाल टाँगिएका तारहरु सफाइ गरिने छ भने इन्टरनेट सेवा प्रदायकहरुलाई आ–आफ्ना केबुल पहिचान संकेत हरेक पोलहरुमा रहेको जक्सन बोर्ड तथा तारमा प्रयोग गर्न सूचना जारी गरेको छ । निर्धारित समयभित्र उक्त कार्य नगरेमा संकेत तार बाहेकका अन्य सबै हटाइने बताइएको छ । स्थानीयले घर अगाडि लगाएका बोटबिरुवाका कारण, विद्युतका पोल होचो भएका कारण र फिल्डमा काम गर्ने कामदारका कारण समस्या रहेको बताएका छन् । टेकमाइन्ड, वल्र्ड लिंक, सुविसु, सिजी, चित्रवन नेट लगायतका कम्पनीका तारले नगर, गाउँदेखि सडक कुरुप बनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस