२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा चौपायालाई आक्रमण गर्ने बाघ समातियो

२०८० भाद्र २७, बुधबार प्रकाशित (0 महिना अघि) ११७७ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दुबाट दुर्लभ पाटेबाघ नियन्त्रणमा लिइएको छ ।

मध्यबिन्दुको नगरपालिका वडा नम्बर २ मा विगत केही दिनदेखि पाटेबाघ गाउँ प्रवेश गरेर आतंक मच्याउदै आएको थियो ।

निकुञ्ज प्रशासन, चिकित्सक सहितको प्राविधिक टोली र नेपाली सेनाको प्रयासपछि मंगलबार राती करिब १ बजे नन्दपुरबाट सो पाटेबाघ नियन्त्रणमा लिएको वडा अध्यक्ष रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

उक्त बाघले चार दिनअघि नन्दपुरको हेमकान्त चौधरीको गोठका दुईवटा गाईलाई सिकार गरेर मारेको हो । त्यसको अघिल्लो दिन त्यही क्षेत्रमा ५ वटा बाख्रा र एउटा बंगुर मारेको थियो ।

निकुञ्जको टोलीले मध्यविन्दुमै सोमबार ७ महिनाको पोथी बाघ नियन्त्रणमा लिएको थियो । बाघ नियन्त्रणका लागि खटिएको निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बाघ नियन्त्रणमा लिएको सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो।

निकुञ्जका खोरमा पहिले नै अन्य ठाउँबाट समातिएका बाघ रहेकाले नियन्त्रणमा लिइएका थप बाघ राख्न समस्या देखिएको उहाँको भनाइ छ । बाघकै कारण रात परेपछि स्थानीयहरु घरबाहिर निस्कन समेत डराउनुपर्ने अवस्थाले वस्ती नै त्रसित थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%४%१%१%१%

प्रतिक्रिया दिनुहोस