२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको सितापुरमा चितुवाको आक्रमणबाट ५ बाख्रा मरे  

२०८० भाद्र २५, सोमबार प्रकाशित (0 महिना अघि) ३१३६ पाठक संख्या

कोल्हुवा । नवलपुरको  मध्यविन्दुमा चितुवाको आक्रमणबाट ५ बाख्रा मरेका छन् ।

मध्यविन्दु नगरपालिका –२, सितापुरमा गएराति शिखा थनेतले पालेका ५ वटा बाख्रा चितुवाको आक्रमणबाट बाख्रा मरेका वडाअध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । बाख्रा बाँधेर राखेको खोरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वर्षेनी वन्यजन्तुको आक्रमणबाट पशुचौपाया तथा जनधनको क्षति हुने गरेको छ । त्यस क्षेत्रमा वन्यजन्तुको त्रास रहेको स्थानीयले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%२%२०%४%

प्रतिक्रिया दिनुहोस