२०८३ अषाढ ९, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा स्रोत नखुलेको २० लाखसहित दुई जना पक्राउ

२०८० भाद्र २४, आईतबार प्रकाशित ( साल अघि) २५५३ पाठक संख्या

परासी । नवलपरासीको भारतीय सीमावर्ती सरावल गाउँपालिकाको भुजहवाबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका २ का २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राइन कुजडा रहेको प्रहरीले जनाएको छ ।

भुजहवा पुलनजिकै नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनालाई शंका लागेर चेकजाँच गर्दा उनीहरुका साथबाट रकम बरामद भएको हो।

बरामद रकमको स्रोत खुलाउन नसकेका दुवैलाई नियन्त्रणमा लिइएको नवलपरासीका प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताए ।

बरामद रकममा १ हजार दरका १ हजार १ सय ९० थान नोट र ५ सय रुपैयाका १ हजार ६ सय २० थान नोट बरामद भएको छ । दुवैलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
९%३%४%१%६%

प्रतिक्रिया दिनुहोस