कावासोती । नवलपुरका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । मध्यबिन्दु र कावासोती नगरपालिकामा भोलि विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
नारायणघाट बुटवल सडक योजना ( पूर्वी खण्ड ) ले थकालिचोक तथा पुरानो कावासोतीमा पोल सार्ने कार्य गर्नुपर्ने भएकाले बिहान ६ बजे देखि विहान ९ बजे सम्मका लागि विद्युत सेवा अवरुद्ध हुने विद्युत् प्राधिकरण वितरण केन्द्र कावासोतीले जानकारी दिएको छ ।
कावासोती नगरपालिका वडा नं ३, ८, ९, १४, १५, १६ तथा १७ र मध्यविन्दु नगरपालिका वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४ लगायतका स्थानहरुमा विद्युत सेवा अवरुद्व हुने छ । यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति विद्युत प्राधिकरण कावासोतीले क्षमाप्रार्थी मागेको छ । तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सुचारु हुने कार्यालयले जनाएको छ ।


